PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध



पहिलोपोस्ट

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
फाइल फोटो

चितवनः नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell