PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

एट्लेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि



पहिलोपोस्ट

एट्लेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि

स्पानिस क्लब एट्लेटिको मड्रिडले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ।

युरोपियन च्याम्पियन्स लिगपछि दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिताको फाइनलमा एट्लेटिकोले फ्रेन्च क्लब मार्सेलाई ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिग जितेको हो।

एट्लेटिकोलाई च्याम्पियन बनाउन फ्रेन्च खेलाडी एन्टोनी ग्रीजमनले २ तथा गावीले १ गोल गरे।

एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिग जितेको थियो।

युइएफए कप/युरोपा लिग गरी मार्से भने फाइनल पुगेको ३ वटै अवसरमा पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell