PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु



पहिलोपोस्ट

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
प्रतीकात्मक तस्विर

उर्लाबारीः मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन्। घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell