PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कालीखोलाको पहिरो पन्छाइयो,  नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा



पहिलोपोस्ट

कालीखोलाको पहिरो पन्छाइयो,  नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
फाइल फोटो

चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना  गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो। सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell