PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

गाडीको ठक्करबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

गाडीको ठक्करबाट एकजनाको मृत्यु

खजुराः गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ।

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ। मृतक चापागाईँ शिक्षक हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell