PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

विश्वकप फुटबल : इंग्ल्याण्डको टोली घोषणा, अटाएनन् हार्ट र विलसर



पहिलोपोस्ट

विश्वकप फुटबल : इंग्ल्याण्डको टोली घोषणा, अटाएनन् हार्ट र विलसर

अर्को महिना रुसमा हुने २१औँ संस्करणको फिफा विश्वकपमा लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले २३ सदस्यी टोली घोषणा गरेका छन्। प्रशिक्षक साउथगेटले यो टोली राम्रो रहेको विश्वास व्यक्त गरेका छन्।

टोलीमा अनक्याप्ड खेलाडी निक पोप,  रुबेन लोफ्ट्स चिक, ट्रनेट अलेक्जान्डर अर्नोल्डले पनि स्थान बनाएका छन्। यस्तै ग्यारी काहिलले पनि पुनरागमन गरेका छन्।

उनले घोषणा गरेको टोलीमा पूर्व नम्वर वान गोलकिपर जो हार्टसँगै मिडफिल्डर ज्याक विलसर भने अटाएनन्।

यस्तै साउथगेटले ५ स्ट्यानबाई खेलाडी पनि घोषणा गरेका छन्।


इंग्ल्यान्डको २३ सदस्यीय विश्वकप टोली

गोलकिपर : जोर्डन पिकफोर्ड,  ज्याक बटल्यान्ड,  निक पोप

डिफेन्डर : केल वाल्कर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी काहिल, किरन ट्रिपिर, ड्यानी रोज, ह्यारी म्याग्वाएर, एस्ले योङ, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड

मिडफिल्डर : एरिक डायर, जोर्डन हेन्डरसन, जेस लिनगार्ड, फाबियन डेल्फ, डेले अल्ली, रुबेन लोफ्टस चिक

फरवार्ड : ह्यारी केन, जेमी भार्डि, रहिम स्टेर्लिङ, मार्कोस रासफोर्ड, ड्यानी वेलब्याक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell