PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

लामो कपाल र हत्कडीसहित कठघरामा प्रदीप खड्का



पहिलोपोस्ट

लामो कपाल र हत्कडीसहित कठघरामा प्रदीप खड्का

काठमाडौं: लामो कपाल, दारी जुङ्गा र हत्कडीसहित अदालतको कठघरामा  उभिएका थिए उनि। आँखामा डार्क सर्कल। झट्ट हेर्दा कैदी जस्तै देखिन्थे।  त्यस्तो हुलियामा भटिए अभिनेता प्रदीप खड्का। सुरुमा भेट्दा चिन्नै गाह्रो। 

'रोजी' फिल्मका लागि यो प्रदीपको नयाँ अवतार हो। गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुती रहने फिल्मको बुधबार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा शुभ-मुर्हत सम्पन्न भयो। शुभ-मुर्हत छायाँकनमा कलाकार उद्धव र अभिनेत्रीद्धय पारमिता राज्यलक्ष्मी शाह र मिरुना मगर उपस्थित थिए।

निरक पौडेलको निर्देशन रहने फिल्ममा अनुप सापकोटाको कथा, केदार भुषालको पटकथा तथा संवाद अर्जुन पोखरेल र एलिस कार्कीको संगीत  रहनेछ। फिल्ममा कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। प्रदीपले नारी संवेदनाको सांगीतिक कथामा रोजी बन्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell