PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

हेर्नुस् एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका ७ दृश्य

हेर्नुस् एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका ७ दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको यो बैठकपछि पार्टीको नाम फेरिने छ। त्यसैले यो एमालेको अन्तिम बैठक हुँदैछ।

पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय बन्नेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति भएको छ। सहमति अनुसार २ सय सदस्य माओवादीको भागमा र २ सय ४१ सदस्य एमालेको भागमा पर्ने छ। त्यसैलाई आज दुई पार्टीको शीर्ष तहमा रहेको एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको हो। अनुमोदन भएअनुसार पार्टीको स्थायी कमिटीमा ४३ सदस्य रहने छन्। २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने निर्णय हिजो भएको थियो। 

बैठकका फोटो हेर्नुस्


ट्रेन्डिङ पोस्ट

Ncell