PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एकतापछिको हाइकमाण्डमा रहने नेकपाका यी हुन् ९ नेता



पहिलोपोस्ट

एकतापछिको हाइकमाण्डमा रहने नेकपाका यी हुन् ९ नेता

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ बन्ने नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय हुने तय भएको छ।

पार्टीको हाइ कमाण्डका रुपमा लिइएको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल (महासचिव) रहने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्।

उनका अनुसार नयाँ पार्टीको स्थायी कमिटीमा ४५ सदस्य रहनेछन्। 

पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठ  रहने छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell