
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले सबै वाम शक्तिलाई एकै ठाउँमा ल्याउने अभियान जारी रहने बताएका छन्।
नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाललाई पनि एकतामा सहभागी गराउन पहल भइरहेको उनले जानकारी दिए। एकताका लागि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटिरहेको बेला उपस्थित एमाले सचिव भट्टराईले भने, ‘टुटफुटको इतिहास सकेर एकता हुन गइरहेको छ। सबै कम्युनिस्टलाई एकै भंगालोमा ल्याउनेक्रम जारी छ।’