PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बालुवाटारमा एकताको रमझम : कामदार र सेनाका जवानलाई हेर्नुस् भ्याइनभ्याइ

बालुवाटारमा एकताको रमझम : कामदार र सेनाका जवानलाई हेर्नुस् भ्याइनभ्याइ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकताको खुशी आदान प्रदान गरिरहेका छन् यतिखेर। उनीहरुलाई भ्याइनभ्याई छ, आफ्नै र जोडिँदै गरेका दलका नेतासँग भलाकुसारी गर्न।

ठीक त्यतिखेर नै भ्याइनभ्याइ छ कामदारहरुलाई बालुवाटारभित्र। झिलमिल बत्ती बाल्न जुटेकादेखि नेपाली सेनाका जवानहरुसमेत पार्टी एकतालाई भब्य बनाउन मेहनत गरिरहेका छन्।

झिलमिल बत्ती टाँग्नेहरुसँगै बालुवाटारमा हुने भोजका लागि पाल टाँग्दैछन् सैनिक जवानहरु। उनीहरुले ट्रकमा नै सायर र पाल बोकेर बालुवाटार पुर्‍याएका थिए। यहाँ ७ सय जनाका लागि भोजको तयारी हुँदैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी नाममा एक हुँदैछन्। त्यसैको खुशीमा बालुवाटारलाई सजाइँदैछ। हेर्नुस् कामदार र सेनाको भ्याइनभ्याइ -


ट्रेन्डिङ पोस्ट

Ncell