
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकले ८ वटा निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुवै पार्टीको नाममा रहेका चल तथा अचल सम्पत्ति नेपाल कम्युनिष्ट पार्टीका नाममा गर्ने निर्णय गरेको हो। त्यस्तै विभिन्न ठाँउमा दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढाउने समेत निर्णय गरेको छ।
नाम परिवर्तन गर्ने जिम्मा नेकपा एमालेका तर्फबाट नेता सुबास नेम्वाङ र केन्द्रको तर्फबाट देव गुरुङलाई दिइएको छ। उनीहरुले अधिवक्ता मुक्ति प्रधानको नेतृत्वमा रहेको तीन सदस्यले सघाउने छन्।
बैठकले आज नै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै एकतापछि बनेको ४ सय ४१ केन्द्रीय सदस्यले बालुवाटारमा सपथ समेत लिएका छन्।