PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

लापर्बाही गर्ने ठेकेदारको विवरण गृहले माग्यो, समयमै निर्माण सम्पन्न नगर्नेलाई पक्रने



पहिलोपोस्ट

लापर्बाही गर्ने ठेकेदारको विवरण गृहले माग्यो, समयमै निर्माण सम्पन्न नगर्नेलाई पक्रने

काठमाडौं : गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि ७७ वटै जिल्लामा परिपत्र जारी गरिएको हो। निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम हुने गरेको गुनासो बढ्दै गएपछि बुधवार बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले यस्तो सूची बनाउन निर्देशन दिएका थिए। 

गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ। 

गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधीमा काम सम्पन्न नगरे पक्राउ गर्न निर्देशन दिएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell