
इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत बिहीवार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ।
२१९ रनको लक्ष्य पछ्याएको हैदरावादले पूरै २० ओभरमा ३ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान केन विलियमसनले सर्वाधिक ८१ तथा मनिस पाण्डेले नटआउट ६२ रन बनाए।
त्यसअघि टस हारे घरेलु मैदान बैंगलुरुमा पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१८ रन बनाएको थियो। उसका लागि ए बि डे भिलियर्सले सर्वाधिक ६९ तथा मोइन अलीले ६५ रन बनाए। यस्तै कोलिन डे ग्रान्डहोमले १७ बलमा ४० रन जोड्दा सफ्राज खानले ८ बलमा नटआउट २२ रन बनाए।
हैदरावादका रसिद खानले ३ तथा सिद्दार्त कउलले २ विकेट लिए।
जितपछि १३ खेलबाट १२ अंक जोडेको बैंगलोर रनरेटमा अगाडी रहदै पाँचौ स्थानमा उक्लेको छ। समान खेलबाट समान अंक भएका मुम्बई इन्डियन्स चौथो तथा राजस्थान रोएल्स र किंग्स एलेभेन पञ्जाव क्रमश: छैटौँ र सातौँ स्थानमा छ।
छैटौँ जितसँगै बैंगलोरले शीर्ष चारमा रहदै प्लेअफ पुग्ने सम्भावना पनि कायमै राखेको छ।
लिग चरणका बाँकी खेलहरु