PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एकतापछि सामाजिक सञ्जालमा सुनसान दुई अध्यक्ष



पहिलोपोस्ट

एकतापछि सामाजिक सञ्जालमा सुनसान दुई अध्यक्ष

काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि कार्याकर्तामात्र हैनन् दोस्रा तहका नेतासम्मले  यो एतिहासिक क्षणलाई सामाजिक सञ्जालमा खुसीयाली व्यक्त गर्दै फोटो सेयरदेखि शुभकामनासम्म आदानप्रदान गरेका छन्।तर सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर फेसबुक र व्यक्तिगत वेबसाइट एकताको विषयमा भने मौन रहेको छ। पार्टी एकताअघिको विषयमा सक्रियतापूर्वक अपडेट हुने सामाजिक सञ्जालमा एतिहासिक क्षणमा भने सुनसान देखिएको हो।

सबैभन्दा बढी सक्रिय हुने प्रचण्डको व्यक्तिगत वेबसाइटमा बुधबारसम्मको अपडेट रहेको छ। उनको फेसबुक र ट्वीटरमा त्यही साइटको लिंक सेयर गरिएको छ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएपछि ट्वीटर र फेसबुकमा सक्रिया देखिएका प्रधानमन्त्री एवं विघटित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ट्वीटर र फेसबुक पनि एकताको विषयमा मौन छ।

ओलीको व्यक्तिगत वेबसाइटमा भने एकताका समाचारहरु अपडेट गरिएका छन्।

यसैगरी नेकपा एमालेको फेसबुक पेज बिहीबार साँझै नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी नेपाल नामाकरण गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell