PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नियमावली विवादमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक



पहिलोपोस्ट

नियमावली विवादमा छलफल गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँः संघीय संसदको नियमावली विवादमा छलफल गर्न सभामुख कृष्णबहादुर महराले संसद् प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्। बिहान १० बजे महराले नेताहरुलाई परामर्शका लागि बोलाएका हुन्। बुधबार पनि सभामुखले तीन शीर्ष नेतासँग छुट्टाछुट्टै परामर्श गरेका थिए।

बुधबार कांग्रेसले अवरोधको चेतावनी दिएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो।

फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने वा नगर्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच विवाद छ। 

सत्तारुढ घटक एमाले र माओवादी (नेकपा) निलम्बनको पक्षमा छन्। सोही अनुसार एमालेका तीन सांसद्ले मूल प्रतिवेदनमा संशोधन दर्ता गरेका छन्। कांग्रेस सांसद् निलम्बनको विपक्षमा छ। 

दलीय सहमति भएमा शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको नियमावली पारित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell