
अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि फ्रान्सको २३ सदस्यी टोली घोषणा भएको छ। प्रशिक्षक ड्रिड्रिएर डेसच्याम्पसले प्रामर्भिक २३ खेलाडी र स्ट्यानबाई खेलाडीको नाम समेत घोषणा गरेका हुन्।
२३ सदस्यी टोलीमा भने स्टार खेलाडीहरु एलेक्जान्डर लाकाजाटे, एन्टोनी मार्सिएल र डिमित्री पायट अटाएनन्।
लाकाजाटे मार्सिएललाई स्ट्यानबाईको सूचीमा राखिएको छ भने पायट त्यस सूचीमा समेत अटाएनन्। पाएट मार्सेबाट युरोपा लिगको फाइनल खेल्ने क्रममा घाइते भएकाले उनले सम्भवन विश्वकप गुमाउनेछन्। यस्तै किंग्सले कोमन पनि २३ सदस्यी सूचीमा अटाएका छैनन्।
२३ सदस्यीय टोली
गोलकिपर : एल्फोन्से एरोल, हुगो लोरिस, स्टीभ मान्डाण्डा
डिपेण्डर : डिजब्रिल सिडिबे, बेन्जामिन पभार्ड, सामुयल उम्टिटि, प्रेस किमपेन्बे, बेन्जामिन मेण्डे, अदिल रामिल, राफेल भारान, लुकास हर्नान्डेज
मिडफिल्डर : एन गोलो कोन्टे, ब्लेस मटुइडी, स्टीभन एन्जोन्जी, पउल पोग्वा, कोरेन्ट टोलिसो,
फरवार्ड : ओसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरोर्ड, एन्टोनी ग्रीजमान, थोमस लिमार, फ्लोर थाउभिन, केइलिन एम्बाप्पे
स्ट्यानबाई खेलाडी : विसन बेन येडर, किग्सले कोमन, बनेइट कस्टिल, माथउ डेबुची, लुकास डिग्ने, लाकाजाटे, मार्सिएल, एड्रिएन र्यावियट, मामादोउ साखो, माउसा सिसोखो, कोर्ट जुमा