PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

यात्रुलाई गन्तव्यसम्म पुर्‍याइदिँदै ‘सुनकेशरी’ अभिनेत्री ऋचा

यात्रुलाई गन्तव्यसम्म पुर्‍याइदिँदै ‘सुनकेशरी’ अभिनेत्री ऋचा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: मेकरहरु फिल्म प्रचारका लागी विभिन्न प्रचार अस्त्रको प्रयोग गर्छन्। अभिनेत्री ऋचा शर्माले पनि  प्रचारका नयाँ अस्त्र प्रयोग गरेकी छिन्। फिल्म 'सुनकेशरी'को प्रचारका लागी ऋचाले स्कुटी प्रयोग गरिन्।

उनले स्कुटी चढाएर सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने काम गरिन्। टूटलसँगको सहकार्यमा ऋचाले पैदल यात्रुलाई गन्तव्यसम्म  पुर्‍याइन्।  काठमाडौं उपत्यका भित्र अनलाइन मार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने माध्यम हो, टूटल। यो बढ्दो जाममा बस र ट्याक्सीमा खर्च हुने समयलाई बचत गर्ने सजिलो माध्यम बनेको छ।

३-४ जना यात्रुलाई  गन्तव्यसम्म सितैमा पुर्‍याइदिँदा उनले बाटोमा ‘सुनकेशरी’बारे जानकारी दिइन्। हरर फिल्ममा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लरेन लॉफबर्गको मुख्य भूमिका छ।

अर्पण थापा निर्देशित फिल्मको सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको हो। भिम न्यौपाने, ऋचा  र शर्मिला सापकोटा फिल्मका निर्माताहरु हुन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell