PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

वीरगंजको जसौलीमा आगलागी : ४ घर नष्ट



राधेश्याम पटेल

वीरगंजको जसौलीमा आगलागी : ४ घर नष्ट

वीरगंज: वीरगंज महानगरपालिका वडा - २७ जसौलीमा आगलागी हुदाँ चार घर जलेर नष्ट भएको छ। बद्री दासको घरमा लागेको आगो छेवैमा रहेको उनका छोराहरुको घरमासमेत सल्किँदा चार घर जलेर क्षति भएको हो। 

गएराति साढे ११ बजेतिर आगो लागेको थियो। आगलागीबाट कपडा, अन्नपात, गरगहना, नगद तथा कागजपत्र सहित झण्डै तीन लाख ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनायो। प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा राति १ बजे आगो निभाएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell