PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

विश्वकप फुटबल आउन २७ दिन बाँकी : यी हुन् अहिलेसम्मका विजेताहरु



पहिलोपोस्ट

विश्वकप फुटबल आउन २७ दिन बाँकी : यी हुन् अहिलेसम्मका विजेताहरु

विश्व खेलकुदकै सबैभन्दा चर्चित र बहुप्रतिक्षित खेल हो फिफा विश्वकप फुटबल। अझ फुटबलको त महाकुम्भ नै हो। फुटबल खेलाडीहरुले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता । सबै खेलाडीले जीवनमा जित्ने चाहने एक त्यस्तो प्रतियोगिता हो विश्वकप फुटबल।

यही विश्वकप फुटबलको २१औँ संस्करण अर्को महिना जुलाईदेखि रुसमा आयोजना हुँदैछ। जुन १४ देखि जुलाई १५ सम्म रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा हुने विश्वकपमा उत्कृष्ट ३२ देशले विश्वकप ट्रफीका लागि प्रतसस्पर्धा गर्दैछन्।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको फुटबलको महाकुम्भले ८८ वर्ष पार गरिसकेको छ भने २० संस्करण सफलतापूर्वक आयोजना भइसकेका छन्।

रसियाले पहिलो पटक आयोजना गर्न लागेको विश्वकपमा यस पटक ४ पटकको पूर्व विजेता इटली हुनेछन् भने पानामा र आइसल्याण्डले डेब्यु गर्दैछन्।

यस्तै सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिलले यसअघिका २० वटै संस्करण खेल्ने एक मात्र टोली हो र २१औँ संस्करणमा पनि खेल्दैछ।

ब्राजिलसहित ७ पूर्व विजेताहरुले यसपटक विश्वकप खेल्दैछन्।

अहिलेसम्म ब्राजिलले नै सर्वाधिक ५ पटक विश्वकपको उपाधि जितेको छ र छैटौँ पटक उपाधि जित्ने दाउमा छ। यस्तै साविक विजेता समेत रहेको जर्मनी यस पटक च्याम्पियन बन्दै ब्राजिलको कीर्तिमान बराबरी गर्ने अभियानमा छ। उता लियोनल मेसीको अर्जेन्टिना ३ दशकपछि उपाधि जित्ने दाउमा छ। यस्तोमा रसिया विश्वकप निकै रोमात्र्चक हुने अपेक्षा छ।

 

यी हुन् अहिलेसम्मका विजेता

सन् १९३० बाट सुरु भएको विश्वकप अहिलेसम्म २२ पटक भइसक्नुपर्ने हो। तर पहिलो र दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा विश्वकप आयोजना हुन सकेन।

त्यसबाहेक प्रत्येक ४-४ वर्षको अन्तरमा विश्वकप भइरहेको छ।

अहिलेसम्म जम्मा ८ राष्ट्रले मात्र विश्वकप फुटबलको उपाधि जितेका छन्। जसमा ब्राजिल सर्वाधिक ५ पटक च्याम्पियन भएको छ भने जर्मनी र इटलीले समान ४ पटक उपाधि जितेका छन्। यस्तै उरुग्वे र अर्जेन्टिनाले २-२ पटक उपाधि जित्दा इंगल्याण्ड, फ्रान्स र स्पेन १-१ पटक च्याम्पियन बनेका छन्।

 

वर्ष 

विजेता

उपविजेता

गोलअन्तर

१९३०

उरुग्वे

अर्जेन्टिना

४-२

१९३४

इटली

चेकोस्लोभाकिया

२-१

१९३८

इटली

हंगेरी

४-२

१९५०

उरुग्वे

ब्राजिल

२-१

१९५४

पश्चिम जर्मनी

हंगेरी

३-२

१९५८

ब्राजिल

स्वीडेन

५-२

१९६२

ब्राजिल

चेकोस्लोभाकिया

३-१

१९६६

इंग्ल्याण्ड

पश्चिम जर्मनी

४-२

१९७०

ब्राजिल

इटली

४-१

१९७४

पश्चिम जर्मनी

नेदरल्याण्ड्स

२-१

१९७८

अर्जेन्टिना

नेदरल्याण्ड्स

३-१

१९८२

इटली

पश्चिम जर्मनी

३-१

१९८६

अर्जेन्टिना

पश्चिम जर्मनी

३-२

१९९०

पश्चिम जर्मनी

अर्जेन्टिना

१-०

१९९४

ब्राजिल

इटली

३-२

१९९८

फ्रान्स

ब्राजिल

३-०

२००२

ब्राजिल

जर्मनी

२-०

२००६

इटली

फ्रान्स

५-३

२०१०

स्पेन

नेदरल्याण्ड्स

१-०

२०१४

जर्मनी

अर्जेन्टिना

१-०

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell