PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

'मृत्युमार्ग' - दश वर्षमा पहिरोले पुरिए ५३ सवारीसाधन, ६६ को निधन : विकल्पमा ओलीको सुरुङमार्ग!

'मृत्युमार्ग' - दश वर्षमा पहिरोले पुरिए ५३ सवारीसाधन, ६६ को निधन : विकल्पमा ओलीको सुरुङमार्ग!

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देही: पाल्पा र रुपन्देहीको सीमामा पर्ने सिद्धबाबादेखि दोभानको करिब ५ किलोमिटरको 'मृत्युमार्ग' का यात्रुले वैकल्पिक मार्गबाट यात्रा गर्न अझै एक वर्ष पर्खनुपर्ने भएको छ। यस भेगका जनताहरु उक्त सडकबाट वर्षौंदेखि ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्।

वैकल्पिक रुपमा निर्माण भैरहेको बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिको नुवाकोटबाट सिदार्थ राजमार्गमा जोड्ने सडकको काम सकिए पनि पुल निर्माण सम्पन्न नभएको कारण  ढिला भएको सडक डिभिजन कार्यलय पाल्पाले जनाएको छ।

२२ किलोमटिर  रहेको बेलवास नुवाकोट झुस्सा मार्गको ट्रयाक खोलिएको छ सडक निर्माण सम्पन्न भैसकेको छ। बाँकी काम तीव्र रुपमा गरिने  सडक डिभिजन कार्यलय पाल्पाका ईन्जिनियर  निरञ्जन थापाले बताए। उक्त सडकमा दुईवटा पुल निमार्ण कार्य अझै सम्पन्न भएको छैन। अर्को बर्ष भने बैकल्पिक मार्ग प्रयोग हुने ईन्जिनियर थापाले बताए। 

'मृत्युमार्ग'को नामाकरण

बुटबल पाल्पा  सीमामा रहेको सिद्धबाबा क्षेत्रमा   बिगत  १० बर्षमा  ६६ जनाको मृत्यु भइसकेको छ।  १८ बस, ७ ट्रक्र,  १९ मोटरसाइकल, ७ जिप  पुरिएका छन। आर्थिकबर्ष ७०/७१ सिद्धबाबा क्षेत्रमा मात्रै ११ जनाको मृत्यु भएको थियो भने ५ बससहित ११ वटै सवारी साधनमा क्षति भएको पश्चीम क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयको तथ्यांकमा उल्लेख छ।  

आर्थिकबर्ष ७१/७२ मा४ बस, ३ वटा ट्रक, एउटा जिप सिद्धबाबामा पुरिएका छन् भने ३ वटा मोटरसाईकल  पनि पहिरोले बगाएको छ। सावरी साधनमात्रै होईन ५ जनाले ज्यान गुमाउनु गुमए। आर्थिक बर्ष ७२/७३मा ४ वटा सवारी साधनमा क्षति भएको छ भने ४ जनाको नै ज्यान गएको छ। 

आर्थिक बर्ष ७३/७४ मा एउटा ट्रक, एउटा बस र दुई वटा मोटरसाईकलमा क्षति पुरिएका छन् भने २ जनाको ज्यान गएको छ।  यो आर्थिक बर्षको असोजसम्म ४ वाट सवारी साधन दुर्घटना भएका छन्।जसमा ३ जनाको ज्यान गएको छ।

लुम्बिनी र पोखरा आउजाउ गर्न डराउँछन पर्यटक


बुटवलदेखि झण्डै ५ किलोमिटर दोभानसम्मको सडककै कारण यो राजमार्ग हुदै पर्यटकहरु लुम्बिनी आउन र पोखरा जान डराउछन्। सडककै कारण पोखराबाट लुम्बिनी आउने पर्यटकहरु मुग्लिन हुदै आउने गरेका छन्। भारत सरकारको सहयोगमा पाँच दशकअघि बनेको यो सडकको विकल्पमा धेरै योजनाहरु चर्चामा छन्। 

अघिल्लोपटक केपी ओली सरकारमा हुँदा सुरुङमार्ग निर्माणको अध्ययनका लागि करिब आधा करोड बजेट बिनियोजन समेत  गरिएको थियो। सडक विभागले विदेशी कन्सल्टेन्सीको सहयोगमा  सुरुङ मार्गको अध्ययन गरेको  थियो। पाल्पाका सांसद सोमप्रसाद पाण्डेले सिद्धबाबामा सुरुङ मार्ग बनाउनुको विकल्पै नभएको बताउदै आएका छन्। 

यसअघि पनि राजनीतिक दलको दबावमा डिभिजन सडक कार्यालयले अग्रसरता लिएर वैकल्पिक मार्गको खोजी सुरु गरेको थियो।  दुर्घटनापछि सडक बन्द हुँदा वैकल्पिक सडकको कुरा हुने तर काम कुनै नभएको पाल्पा दोभानका बिण्णु पाण्डले बताए।

सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्मको सुरुङमार्ग, हाफ टनेल, बेञ्च कट, रकनेटलगायत आधा दर्जन प्रविधि अपनाउन सकिने बहस चलेको वर्षौ वितेको छ। सुरुङ मार्ग महंगो हुने भन्दै योजना नै अघि बढेको छैन।

पहिरो रोक्न पहल

पहिरो खसिरहने एउटा भिरमा  गत साल रक नेट प्रविधि  जडान गरियो। उक्त क्षेत्रमा अहिले पहिरो खसेको छैन्। एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा रकनेट जडान  गरिएको थियो। यो प्रविधिमा माथिबाट खसेको ढुंगा जालीमा रोकिन्छ र पछि प्वाल पारेर निकालिन्छ। 

भुगर्भविद एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा. रञ्जन दाहालले माथिबाट झरेर आउने ढुंगालाई जालीले अड्याएर राख्ने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी  बनेको दावी गरे। तर सबै ठाउँको पहिरो रोक्न भने यो प्रविधि खर्चिलो देखिएको छ।

वैकल्पिक मार्ग

रुपन्देही देवदह चरङ्गेबाट जाने ज्यामिरे चरङ्गे मार्गको सर्भे 
पाल्पाको झुस्मा भन्दा माथि पर्ने ज्यामिरे र बुटवलसग जोडएको  रुपन्देहीको देवदह चरङ्गेबाट जाने ज्यामिरे चरङ्गे मार्गको सर्भे भएको थियो। डिभिजन सडकले गरेको  पुरानो  सर्भेको फाईललाई अहिले जोडतोडले उठाएको छ।  यो मार्गमा १६  किलो मिटर क्षेत्र ट्रयाक खोल्ने क्रममा छ राजमार्ग जोडिने बुटवलसग नजिक पर्ने चरङ्गेबाट पाल्पाको ज्यामिरे जादा समय पनि बचत हुने छ । यो मार्गको लागि सरकारले बजेट छुटाएको छ। 

सिद्धवाबा पहिरो जाँदा यहाँबाट सवारी सधान सहज रुपमा पाल्पा लैजान सकिने अपेक्षा छ। सिद्धबाबा सुरुङ मार्ग बनाउँदा  या सेमी टनेल बनाउदा पनि वैकल्पीक मार्ग चाहिने ईन्जिनियर थापाले बताए। उनका अनुसार वैकल्पीक मार्ग छिटो निर्माण एकमात्र विकल्प हो। 

वाँसटारी गोठादी खैरेनी माग
६१ किलो  मिटर  लामो रहेको यो मार्ग मा पाल्पातिरका ट्रयाक खोलिदै छ। रुपन्देहीको देवदहबाट  जोड्न् योजना रहेको छ। यो मार्गले  पाल्पाका अन्य ग्रामिण बस्तीहरुलाई समेत लाभ दिने छ। यो मार्गलाई पाल्पाका ग्रामिण क्षेत्रसगँ जोड्ने मार्गको रुपमा पनि सरकारले अघि सारेको हो। 
यो अन्य वैकल्पिक मार्ग भन्दा लामो छ । पूर्व राजमार्ग अन्तर्गत नारायणघाटबाट बुटवल आउने सवारीसधानलाई बिच भागमा पर्ने देवदहबाट नै पाल्पा पठाउन सकिन्छ। यसो गर्दा सिद्धबाबामा सवारी सधानको चाप पनि घट्छ। 

सडकमा सवारीको चाप अत्याधिक 

सडक नभएपछि जोखिम मोलेरै सवारी गर्छन् यहाँका यात्रु। त्यसैले सवारी साधनको चाप उस्तै छ। पहिरो खस्ने डरले चालकहरु यी सडकमा तीव्र गतिमा सवारी गुडाउँछन्।

दुर्घटना न्युनीकरणका लागि सडकमा प्रहरी तैनाथ गरिएको छ। साँघुरो सडकमा ट्रिपरको हँकाइ पहिरोको कारण भएको कतिपयको आरोप छ। भूकम्पछि चर्किएका चट्टान खस्ला झै देखिने यात्रुहरुको भनाइ रहेको छ।

डाँडै काट्ने पनि विकल्प

रोडाढुंगा व्यावसायी संघ रुपन्देहीका  अध्यक्ष गोपाल ज्ञवालीका अनुसार डाँडा काट्ने विकल्पमा रुपमा यसलाई अघि बढाउनु उपयुक्ता हुन्छ। इन्जिनियरले यो विधिबाट काम गर्दा  २ अर्व लागत लाग्ने ज्ञावलीले बताए। यसो गर्दा क्रसर व्यावासयीले साथ दिने  र राज्यले  लगानी गर्न अनुमति दिए जिम्मा लिने ज्ञवालीले दाबी गरे। 

सडक मर्मतमा वार्षिक १ करोड 

सडक डिभिजन कार्यलय पाल्पाले पाल्पाको झम्सादेखी  राम्दासम्म मर्मतको लागि प्रत्येक बर्ष १ करोड खर्च हुने जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत रहेको यो सडक मर्मत बाहेक सिद्धबाबाको पहिरो ब्यबस्थापान गर्ने ईर्मेजेन्सी १० लाख  खर्च हुने  डिभिजन कार्यलय पाल्पाका ईन्जिनियर  निरज थापाले बताए।


ट्रेन्डिङ पोस्ट

Ncell