PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

१ किलो ३ सय ग्राम 'झोल सुन'सहित विमानस्थलमा समातिए भारतीय



पहिलोपोस्ट

१ किलो ३ सय ग्राम 'झोल सुन'सहित विमानस्थलमा समातिए भारतीय

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। २१ वर्षीय भारतीय पलक्कम कुझियाल समिदलाई १ किलो ३ सय ग्राम सुनसहित पक्राउ गरेको हो।
 
उनी दुवईबाट नेपाल एयर लाइन्सको विमान हुँदै नेपाल आएका थिए। भारतको केरला घर भएका समिदले कम्मरमा प्लास्टिकको बेल्टभित्र सुनको झोल बनाएर ल्याएका थिए।

विमानस्थलमा कडाइ गर्ने थालेपछि तस्करले सुन तस्करी गर्न नयाँ नयाँ शैली अपनाउन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell