PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१



पहिलोपोस्ट

आइपीएलमा सन्दीपको दोस्रो खेल : ४-०-२१-१

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लगातार दोस्रो खेल खेलेका नेपालका युवा स्पीनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएका छन्।

दिल्ली डेयरडेभिल्सबाट बैंगलोर विरुद्ध खेल्दै आइपीएलमा डेब्यु गरेका सन्दीपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्ध खेल्दै सुरेश रैनालाई आउट गरे।

सन्दीपले खेलको दोस्रो ओभरमै उत्कृष्ट बलिङ गर्दै जम्मा २ रन खर्चे। त्यसपछि एकैपटक ११औँ ओभर बलिङ गरेका सन्दीपले ६ रन खर्चे।आफ्नो तेस्रो ओभरमा सन्दीपले  २ रन मात्र खर्चेर सुरेश रैनाको विकेट लिए। उनले रैनालाई विजय शंकरको हातबाट क्याचआउट गराए। सन्दीपको चौथो ओभर भने मँहगो बन्यो। उनलाई रविन्द्र जडेजाले छक्का प्रहार गरे। उक्त ओभरमा सन्दीपले ११ रन खर्चिए।

सन्दीपले आफ्नो ४ ओभर स्पेलमा २१ रन खर्चेर १ विकेट लिए।

पहिलो खेलमा बैंगलोर विरुद्ध सन्दीपले २५ रन खर्चेर १ विकेट लिएका थिए। पहिलो खेलमा राम्रो प्रदर्शन गरेका कारण सन्दीप लगातार दोस्रो खेलमा दिल्लीको प्लेइङ ११ मा परेका हुन्। सन्दीपले दुवै खेलमा ब्याटिङ भने गर्नुपरेन।

१७ वर्षको उमेरमै आइपीएल खेलेका सन्दीप नेपालबाट आइपीएल खेल्ने पहिलो खेलाडी समेत बनेका छन्। उनलाई दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell