PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

उदयपुर गोल्डकप : थ्री स्टारलाई वर्षको दोस्रो उपाधि, मनाङ मर्स्याङ्दीको ह्याट्रिक हार



पहिलोपोस्ट

उदयपुर गोल्डकप : थ्री स्टारलाई वर्षको दोस्रो उपाधि, मनाङ मर्स्याङ्दीको ह्याट्रिक हार

काठमाडौं : ए डिभिजन क्लब रुस्लान थ्री स्टारले २०७५ सालको दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्दा अर्को ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले यस वर्ष लगातार तेस्रो पटक उपविजेतामा चित्त बुझायो।

थ्री स्टारले पाँचौ उदयपुर गोल्डकपको उपाध जित्ने क्रममा फाइनलमा मनाङलाई १-० ले पराजित गरेको छ। थ्री स्टारलाई सिजनको दोस्रो उपाधि जिताउन विदेशी खेलाडी मार्टिनले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो।

दोस्रो हाफमा दुवै क्लबका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलेका थिए।

७८औँ मिनेटमा मैदानमै हात हालाहाल भएपछि रेफ्रीले मनाङका विमल बस्नेत र थ्री स्टारका मार्टिनलाई सिधै रातो कार्ड देखाएका थिए।

विजेता थ्री स्टारले नगद ५ लाख र ट्रफी हात पारेको छ। उपविजेता मनाङले ३ लाखमा चित्त बुझायो। फाइनल खेलको म्यान अफ दि म्याच मनाङका दोन थापा घोषित भए। उनले नगद ७ हजार पाए।

थ्री स्टार वर्षको सुरुमै इलाममा माईभ्याली गोल्डकपको उपाधि जित्दै उत्कृष्ट सुरुवात गरेको थियो। त्यसपछि दमक गोल्डकपको पहिलो खेलमै पराजित भएको थ्री स्टारले उदयपुरमा पुनरागमन गर्दै उपाधि जित्यो।

यी तीनवटै प्रतियोगिताको फाइनलमा पुगेको मनाङले भने लगातार तीन फाइनल हार्दै उपविजेतामै चित्त बुझायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell