PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले जित्यो एफए कपको उपाधि, हाजार्डको निर्णायक गोल



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले जित्यो एफए कपको उपाधि, हाजार्डको निर्णायक गोल

एडेन हाजार्ड निर्णायक गोल मद्दतमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ।

वेम्लीमा भएको खेलमा चेल्सीले युनाइटेडलाई १-० ले पराजित गर्‍यो। चेल्सीलाई उपाधि जिताउन हाजार्डले पहिलो हाफमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो।

खेलको २२ औँ मिनेटमा हाजार्डले गोल गरेका हुन्। युनाइटेडका फिल जोन्सले हाजार्ड डि एरिया भित्र फल गरेपछि चेल्सीले पेनाल्टी पायो र हाजार्डले त्यसलाई सहजै गोलमा परिणत गरे।

यससँगै चेल्सीले टोटनहमसँगै ८ पटक एफएफ कप उपाधि जितेको छ। आर्सनलले सर्वाधिक १४ पटक यो उपाधि जितेको छ। चेल्सीसँग हारेको युनाइटेडले १३ पटक उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell