PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

उद्योगमन्त्री यादव अस्वस्थः थप उपचारका लागि थाइल्याण्ड लगिँदै



पहिलोपोस्ट

उद्योगमन्त्री यादव अस्वस्थः थप उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका यादव ढाडको समस्याले पीडित हुँदै आएका छन्। उक्त समस्याको विगत केही वर्षदेखि उनी उपचार गराउँदै आएका थिए।

दुखाई बढ्न थालेपछि यादवलाई गत आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनसम्म बोल्न र भेटघाटमा रोकसमेत लगाइएको थियो।

एक सातासम्म नर्भिकमा उपचार गराउँदासमेत निको नभएपछि यादवलाई आज दिउँसो १:३० बजे थाइल्याण्ड लगिँदैछ।

थाइल्याण्डको ब्यांककस्थित बुम्रुनग्राड अस्पतालमा उपचार हुने पारिवारिक स्रोत जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell