PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

मिस नेपाल युएसका लागि आवेदन खुल्ला



पहिलोपोस्ट

मिस नेपाल युएसका लागि आवेदन खुल्ला

काठमाडौं :  मिस नेपाल युएसको छैठौं संस्करणको घोषणा भएको छ। आयोजकले विज्ञप्ती जारी गर्दै अमेरिकामा रहेका ईच्छुक युवतीलाई आवेदनका लागि आह्वान गरेको छ।

डालस सहरमा आगामी भदौ ३ गते (अगस्ट १९)मा यो प्रतियोगिता आयोजाना हुने भएको हो। ब्यूटी पेजेन्टमा १९ देखि २९ वर्ष उमेर समुहले भाग लिन पाउनेछन्। विजेताले ५ हजार अमेरिकी डलरको शैक्षिक छात्रवृत्ति समेत प्राप्त गर्नेछन्।

नेपालस्थित इ-प्लानेट प्रालिको सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कले पाँचवर्ष देखि पेजेन्ट गर्दै आइरहेको छ। कार्यक्रमका संस्थापक अमित शाहले इम्पावरिङ युथ, प्रमोटिङ नेपाल थिमका साथ प्रतियोगिता गर्न लागिएको बताए। पहिलोपटक सन् २०११ मा भएको प्रतियोगितामा वासिङटन डीसीकी सुजिता बस्नेत प्रथम भएकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell