PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सहति चिनियाँ विमान अवतरण



पहिलोपोस्ट

साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र सहति चिनियाँ विमान अवतरण
Photo: Reuters

बेइजिङ : चीनले विवादित साउथ चाइना सीमा लामो दुरीमा प्रहार गर्न सक्ने सैन्य विमान अवतरण गराएको छ। अमेरिकाले विवादास्पद दक्षिण चिनियाँ समुद्री क्षेत्रलार्इ अस्थिरता मुक्त गर्ने बताइरहँदा चीनले परमाणु क्षमता युक्त 'एच ६ के' नामक सैन्य विमान त्यहाँ अवतरण गराएको हो। 

चाइना डेलीले 'एच ६ के' नामक सैन्य विमानले त्यहाँ उडान गरेको भिडियो देखाएको छ। चीनको उक्त कदमले त्यस क्षेत्रमा नयाँ तनाव सिर्जना हुन सक्ने आकलन गरिएको छ। 

चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको एक वक्व्यमा त्यस क्षेत्रमा सैन्य अभ्यास भएको जनाएको छ। तर उक्त विमान कहाँ अवतरण भएको हो भन्ने विज्ञप्तिमा उल्लेख छैन। 

उक्त अभ्यास त्यहाँ तैनाथ एयर फोर्सको क्षमता विकास गर्न र समुद्री क्षेत्रका सुरक्षा खतरा सम्बोधन गर्दै युद्ध क्षमता बलियो बनाउन भएको एक अधिकारीलार्इ उद्धत गर्दै अलजजिराले लेखेको छ। 

चीनले विवादास्पद साउथ चाइना सीमा आधुनिक शक्तिाशाली मिसाईल तैनाथ गरेको अमेरिका र ताईवानले दाबी गर्दै  आएका छन्। अमेरिकाले चीनको उक्त कदमको आलोचना गर्दै इन्डो-प्यासिफिक क्षेत्रलार्इ स्वतन्त्र र खुला बनाउन प्रयत्नशील रहने जनाएको छ। 

उक्त क्षेत्रमा चिनियाँ एयरबेस, राडार र सञ्जाल प्रणाली, सैन्य विमान, समुद्री जहाज र ल्यान्डिङ स्ट्रिपहरू राखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell