PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

फिल्म निर्माता वाग्लेको नोट ‘जाली’ : कार्वाही थाल्न राष्ट्र बैंकको प्रहरीलाई निर्देशन



पहिलोपोस्ट

फिल्म निर्माता वाग्लेको नोट ‘जाली’ : कार्वाही थाल्न राष्ट्र बैंकको प्रहरीलाई निर्देशन

काठमाडौं : प्रहरीले गत बुधवार राजधानीका विभिन्न स्थानबाट बरामद गरेको नेपाली रुपैयाँ ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ। नोट जारी गर्ने आधिकारिक निकाय राष्ट्र बैंकले प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ नै जाली भएको पुष्टि गरेको हो।

एक हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई ‘जाली’ भएकाले कानुनी प्रकृया अगाडि बढाउन राष्ट्र बैकले प्रहरीलाई निर्देशन पनि दिएको छ।

नक्कली नोट छापेर बजारमा लगेको गम्भीर आरोपमा प्रहरीले निर्माता वाग्लेसहित ६ जनालाई बुधवार नियन्त्रणमा लिएको हो। निर्माता वाग्लेको कोठाबाट मात्रै हजार दरका नक्कली नोट २ करोड ५२ लाख रुपैयाँ बरामद भएको थियो।

नोट प्रकरणमा राष्ट्र बैंकले प्रहरीलाई पत्रचार गर्दै ‘नेपाल राष्ट्र बैक ऐन, २०५८’ को दफा ६१, ९५ र ९६ समेत आकर्षिक भएकाले 
कारबाही गर्ने भनिएको छ।

२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौं महानगरपालिका वडा नम्बर २६, मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भएको थियो। लगत्तै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरेका थिए र जाली नोटको कारोबारको जालो नै खुलेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell