
- एन्जेला फोस्टर -
एउटा मिडल्याण्डमा हुर्किँदै गएकी एक अश्वेत केटी भएकाले पनि मलाई यस घटनाले प्रभाव पारेको थियो। यद्यपि, डायनालार्इ एक सामान्य नागरिकका रुपमा प्रस्तुत गरिएको थियो, तर पनि म जुन धरातलमा थिएँ, मेरा लागि असाधरण थियो र उनी उच्च घरानाकी मिश्रित पात्रका रुपमा देखिन्थिन्।
हामीले सन् १९८१ पछि लामो यात्रा तय गरिसकेका छौँ। त्यसयता धेरै शाही विवाह भएका छन्, फ्रेगी र एन्ड्रु, सोफिया र एडवार्ड, केट र विलियम्सको पनि विवाह भयो तर यो बिहे भने अरु भन्दा फरक देखिन्थ्यो।
मेघना मार्केलकी आमा डोरिया रग्ल्यान्ड आफ्नी छोरी सँगसँगै एइसलमा नहिँडेकाले पनि म निरास छु। समाचारपत्रका अगाडिको पृष्ठमा मार्केल र रग्ल्यान्डलाई रानीसँग देख्न पाउनु, महारानीसँग ताजा चिया पिउनु एक प्रभाव पार्ने क्षणको रुपमा थियो। उनीहरु दुर्इ गाडीबाट सेन्ट जोर्ज च्यापलमा सँगै गएको क्षणले १९८० को बग्गी को याद दिलाएको थियो।
आमन्त्रितहरु आउँदै गर्दा ओफ्रा विनफ्रे अदभुद देखिएको थियो। आमन्त्रितमध्ये सेरेना विलियम्स पनि थिइन। टेलिभिजनका पर्दामा देखिने प्रस्तोताहरु भन्दा कतिपय पाहुनाहरु असाधारण थिए।
रेव माइकलका शब्द र श्वरले व्यक्त गरेका प्रेमका शक्तिशाली शब्दले सबैलार्इ आकर्षित गरेका थिए। उनले मार्टिन लुथर किङ जुनियरले उदृत शाही विवाहमा आएका सबैलार्इ पुराना यादहरु समर्पण गराएको आभाष हुन्थ्यो।
केही अतिथिहरूलार्इ प्रयोग भएका शब्दहरुले अचम्मको लाग्न थालेको थियो। हामी तल बस्न जाँदैछौं, हामी यिनलाई विवाहित बनाइदिन्छौं। भन्ने अमेरिकन वाइसफका वाक्यहरुसँग कुनै अश्वेत चर्च भित्र पसेका व्यक्तिहरु अपरिचित थिएनन्।
बीबीसी युवा संगीतकारको उपाधी जितेका पहिलो अश्वेत संगीतकार शेख खाननेले 'दिस लिटल लाइट अफ माइन' भजन गाए। रानीको चैपल समाल्ने पहिलो अश्वेत महिला रोज हड्सन विक्लिनको सम्बोधनले शाही बिहेमा छुट्टै रङ थपेको थियो।
यो पल विशेष थियो। तर, यसले मिडिया खास गरी टेलिभिजनका ठूलो कार्यक्रममा कम स्थान पाउनु यसको विविधताको कमीलार्इ पनि प्रतिबिम्बित गर्छ।
बेलायतमा बसोबास गर्ने २६ प्रतिशत अश्वेत नागरिकले दैनिक टेलिभिजनमा आफ्ना समुदायका मानिसहरु देख्ने गरेको बताउँछन्। जसमेध्ये ३२ प्रतिशत उनीहरुलाई हल्का नकरात्मक रुपमा प्रस्तुत गर्ने गरेको महसुस गर्छन्। १९ प्रतिशतले पूरै नकरात्मक रुपमा प्रस्तुत गर्ने गरेको बताएका छन्। सार्वजनिक प्रसारण सेवामा भने १४ प्रतिशत र १२ प्रतिशतले अश्वेत समूहलार्इ क्रमश: ‘हल्का नकरात्मक’ र ‘पुरै नकरात्मक’ रुपमा प्रस्तुत गर्ने गरेको बताएका छन्।
के मेगना मार्केलले बेलायती राजतन्त्रलाई परिवर्तन गर्न सक्छिन्? के उनले भविष्यमा रंगभेदी सम्बन्धलाई स्थापित गर्न सक्छिन्? यी प्रश्न बहसका विषय बनेका छन्। तर, यो शाही विवाह पहिला भएका विवाहभन्दा फरक छ। मैले जसरी डायनालार्इ हेरकी थिएँ, त्यसरी नै आज साना बालिकाहरु पनि हेर्दै होलान्। त्यो राम्रो र अवस्मरणीय हुनेछ।
(एन्जेला फोस्टरको यो आलेख दी गार्डियनमा प्रकाशित छ। उनको आलेखको भावानुवाद।)