PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रदेशका प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : कुनै पनि सिन्डिकेट नरहोस्



पहिलोपोस्ट

प्रदेशका प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : कुनै पनि सिन्डिकेट नरहोस्

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखलाई सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी लाग्न निर्देशन दिएका छन्।

विभिन्न प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखका जिम्मेवारी पाएका डिआइजीहरुलाई सिन्डिकेटविरुद्ध लाग्न उनले निर्देशन दिएका हुन्।

गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट र कार्टेलिङ सरकारलाई स्वीकार्य नहुने बताउँदै प्रभावकारी रुपमा काम गर्ने निर्देशन दिएका थिए। 

गृहमन्त्री थापाले भने, ‘यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ। अब स्वास्थ्य, शिक्षा देखि तरकारीसम्ममा रहेको सिण्डिकेट र कार्टेलिङ अन्त्य गर्न जरुरी छ। तपाईँहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिण्डिकेट हटाउनुहोस्।’

गृहमन्त्री थापाले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए।

निर्देशनको क्रममा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell