PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

वैदेशिक रोजगारीमा जानेको वायोमेट्रिक डाटाबाट ठगी गरेको अभियोगमा राम श्रेष्ठ पक्राउ



पहिलोपोस्ट

वैदेशिक रोजगारीमा जानेको वायोमेट्रिक डाटाबाट ठगी गरेको अभियोगमा राम श्रेष्ठ पक्राउ

काठमाडौं : भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष श्रेष्ठलाई आइतवार दिउँसो पक्राउ गरेको हो।

वायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रहरीले श्रेष्ठलाई समातेको हो।

भिएलएन नेपालले मलेसियाली कम्पनी अल्ट्रा किरण एसडिएन बीएचडीलाई व्यावसायिक साझेदार बनाएर काम गर्दै आएको छ। गुप्रका अन्य सदस्यलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जनानकारी दिए। समातिएकालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी प्रालि नामक कम्पनी मार्फत् नेपालमा बायोमेट्रिक प्रणाली लागू गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell