PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आइपीएल : दिल्लीसँग हारेपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल, सन्दीपको ३ विकेट



पहिलोपोस्ट

आइपीएल : दिल्लीसँग हारेपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल, सन्दीपको ३ विकेट

नेपाल युवा लेग स्पीनर सन्दीप लामिछाने र भेट्रान लेगस्पीनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेपछि साविक विजेता मुम्बई इन्डियन्स आइपीएलको अन्तिम लिग खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएको छ। हारपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल भएको छ।

मुम्बई प्लेअफ होडबाट आउट भएपछि अब त्यसको फाइदा राजस्थानलाई पुगेको छ। राजस्थानको १४ खेलबाट १४ अक छ। मुम्बईले समान खेलबाट १२ अंक मात्र जोड्न सक्यो। यस्तै १३ खेलबाट १२ अंक रहेको पञ्जावले आजै चेन्नाईसँग खेल्दैछ र राम्रो रनरेटमा खेल जित्न सके पञ्जावले राजस्थानलाई पछि पार्नेछ।

१७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९.३ मा १६३ रनमा अलआउट भयो। मुम्बईका जितबाट रोक्न मिश्रा र सन्दीपले ३-३ विकेट लिए। हर्शल पटेलले पनि ३ विकेट लिए। मुम्बईका लागि एभिन लेविसले ४८, बेन कटिङले ३७ तथा हार्दिक पाण्ड्याले २७ रन बनाए। १७ वर्षीय लेगस्पीनर सन्दीपले पहिलो ओभरमै सूर्यकुमार यादवको विकेट लिँदै सुखद सुरुवात गरेका थिए। त्यसपछि १०औँ ओभर बलिङ गरेका सन्दीपले एकै ओभरमा किरण पोलार्ड र क्रुनल पाण्ड्यालाई आउट गरे। मिश्राले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो। दिल्लीका लागि रिसव पन्तले ४४ बल खेलद् समान ४ चौका र छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। विजय शंकरले ३० बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रनको योगदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell