PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

राष्ट्रकविको स्वास्थ्य अवस्था सामान्य, नियमित परीक्षणका लागि अाउनुभएको होः ग्रान्डी अस्पताल



पहिलोपोस्ट

राष्ट्रकविको स्वास्थ्य अवस्था सामान्य, नियमित परीक्षणका लागि अाउनुभएको होः ग्रान्डी अस्पताल
फाइल फोटो

काठमाडौँः राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना गलत भएको ग्रान्डी अस्पतालले जनाएको छ। केही सञ्चारमाध्यमले घिमिरेलाई ग्रान्डीको सघन उपचार कक्षमा राखिएको समाचार सम्प्रेषण गरेका थिए। 

ग्रान्डी अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागिमात्र राष्ट्रकवि घिमिरे अस्पताल आएको बताए। अधिकारीले ग्यास्ट्रिक र हाडजोर्नीको नियमित फलोअपमा आएको बताए। अधिकारीका अनुसार पछिल्लो चार वर्षयता घिमिरे चिकित्सकको नियमित परामर्शमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell