PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

'रणबीर' टिम उत्रियो र्‍याम्पमा



पहिलोपोस्ट

'रणबीर' टिम उत्रियो र्‍याम्पमा

काठमाडौँ:  फिल्म 'रणबीर'का अभिनेता सुशील पोख्रेल र अभिनेत्री शुभेच्छा खड्का र्‍याम्पमा उत्रिएका छन्। आर आर ग्रुपले आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन सो'मा उनीहरू सो स्टपरका रूपमा उत्रिएका हुन्। उनीहरू गर्मीका पहिरनमा सजिएका थिए।  

फिल्मको एउटा गीतमा कलाकारले नृत्य पनि प्रस्तुत गरे। रणबीरकी निर्मात्री गोमा विष्ट र निर्माता दीपेन्द्र रेग्मी मञ्चमा उत्रिए। धिमे बाजासहित सुरु भएको सोको सुरुवातमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिइन् ।

अन्य १८ जना मोडलहरू पनि र्‍याम्पमा प्रस्तुत भएका थिए। सुनील महर्जन र सुष्मा महर्जनले ड्रेस डिजाइन गरेका हुन्।

आयोजक मञ्जु श्रेष्ठले विगतका वर्षमा झैँ यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरूलाई यो सोमा प्रस्तुत गरिएको बताइन्। फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell