PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ठगीको आरोपमा माई इन्भेष्टमेन्ट ग्रुपका सञ्चालक अनिल गजमेर पक्राउ



सविन ढकाल

ठगीको आरोपमा माई इन्भेष्टमेन्ट ग्रुपका सञ्चालक अनिल गजमेर पक्राउ

काठमाडौँः माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सञ्चालक गजमेरलाई आइतबार साँझ काठमाडौँबाट पक्राउ गरेको हो।  

गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने 'रकम ठगी गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ।' 

गजमेरविरुद्ध एक महिलाले ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीकोमा दिएकी छिन्। गजमेरले केही समयदेखि काठमाडौँको कालिका टावरमा माई कम्पनी सञ्चालन गर्दै आएका छन्। 

गजमेरले नेपाली चलचित्रको विकासको लागि लागानी समेत गर्ने घोषणा गर्दै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell