PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

तीन युवकका कथामा 'माछा माछा' बन्ने



पहिलोपोस्ट

तीन युवकका कथामा 'माछा माछा' बन्ने

काठमाडौं :  फिल्म 'माछा माछा' बन्ने भएको छ। तीन युवकका कथामा फिल्म बन्ने भएको हो। सुनिल गुरुङको निर्देशनमा काठमाडौंको गौरीघाटबाट फिल्मको छायाँकन पनि सुरु भएको छ। फिल्ममा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको मुख्य अभिनय रहनेछ।

कमेडी जनरामा बन्ने फिल्ममा अन्य कलाकार प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुस्कर लगायतको अभिनय रहनेछ। सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मको छायाँकन काठमाडौँ, ललितपुर र भक्तपुरमा हुनेछ। शिवराम श्रेष्ठ फिल्मका छायाँकार हुन्।

रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियार फिल्मका निर्माता रहनेछन्। १ महिनाको सेड्युल बनाएर छायाँकनमा शुरु गरेको टिमले यहि माघलाई प्रदर्शन टार्गेट राखेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell