PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी लक्ष्य : पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी लक्ष्य : पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर

काठमाडौंः सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ।

सोमबार प्रस्तुत गरेको २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्- 'प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइनेछ।‘

चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार डलर रहेको केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको थियो।


आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्‍याइने उल्लेख गर्दै पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ। संघीय संरचनापछि सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम वाचन गरिरहेकी छिन्। नीति तथा कार्यक्रममा लोकप्रियताका लागि काम नगर्ने बताउँदै जनताका लागि काम गरेर लोकप्रियता हासिल गर्ने उल्लेख छ।

शान्ति र स्थायित्व विकासका लागि प्रमुख शर्त भएको बताउँदै शान्ति र स्थायित्वका लागि काम गर्ने कार्यक्रममा उल्लेख छ। विकास र सेवा प्रवाहलार्इ सहजीकरण गर्ने गरी नीति परिमार्जन गरिनेछ कार्यक्रममा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell