PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

विद्यालय स्तरीय छात्रा भलिबल : बिजेश्वरीलाई तेस्रो स्थान



पहिलोपोस्ट

काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितामा बिजेश्वरी ज्ञानमन्दिरले तेश्रो स्थान हात पारेको छ।

सोमवार वेष्ट अफ फाईभको आधारमा तेश्रो स्थानका लागि भएको खेलमा बिजेश्वरीले थ्रीस्टार एकेडेमीलाई २५–१६,२१–२५,२५–१९, २५–१३ को सेटमा हरायो। तेस्रो बनेको बिजेश्वरीले १५ हजारनगद पुरस्कार पक्का गरेको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिद्धारा आयोजित प्रतियोगिताको फाइनल खेल न्यू डायमण्ड र पारामउण्टबीच भोली मंगलवार हुनेछ।

प्रतियोगिताको विजेताले ४५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुनेले १०हजार रुपैया प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ बेष्टस्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेन्डर र बेष्ट सेटरलाई नगदसहित आर्कषक ट्रफी प्रधान गरिने छ। 

प्रतियोगिताको समापनका अवसरमा ‘भलिबल दिवस सेलिब्रेसन’ गर्ने क्रममा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुनेछ। विजेताले १० हजार रुपैया र उवविजेताले ७ हजार रुपैया प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell