PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

'पाँच वर्षभित्र वैदेशिक रोजगारीका लागि बाहिर जाने वाध्यता अन्त्य गर्ने'



पहिलोपोस्ट

काठमाडौं : सरकारले पाँच वर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको छ। सोमबार संसदमा नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने योजना सुनाइन्।
 
सरकारले राहदानी, अन्त:शुल्क स्टिकरलगायत अति महत्वपूर्ण कागजात नेपालमै छाप्ने ब्यवस्था मिलाउने पनि जनाएको छ। साथै तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको एउटा खेल परिसर निर्माण गर्ने पनि सरकारी योजना छ।
 
नीति तर्जुमादेखि कार्यान्वयनसम्म पारदर्शी बनाउने सरकारी योजना छ। साथै नतिजामुखि आयोजनामात्र अगाडि बढाइने लक्ष्य राखेको सरकारले प्रधानमन्त्री कार्यालयबाट अनुगमनको पनि अनुगमन गर्ने भएको छ। एक वर्षभित्र निजी आवासको पुननिर्माण गर्दै तीन वर्षभित्र धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण गर्ने सरकारी योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell