PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मलेसिया रोजगारीमा अवैध रकम संकलन : ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु



पहिलोपोस्ट

मलेसिया रोजगारीमा अवैध रकम संकलन : ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु

काठमाडौं : मलेसियामा जाने कामदारसँग गैर कानुनी रुपमा रकम ठगी अभियोगमा आइतवार पक्राउ परेका विभिन्न कम्पनीका ४० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ।
 
सोमवार अदालतमा उपस्थित गराएर ठगी अभियोगमा म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। प्रहरीले एलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ सहित ४० जनालाई पक्राउ गरेको थियो। वायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रहरीले श्रेष्ठले उठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

भिएलएन नेपालले मलेसियाली कम्पनी अल्ट्रा किरण एसडिएन बीएचडीलाई व्यावसायिक साझेदार बनाएर काम गर्दै आएको छ। मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी प्रालि नामक कम्पनी मार्फत् नेपालमा बायोमेट्रिक प्रणाली लागू गरिएको थियो। जीएसजीका संचालक गोविन्द थपलियालाई भने प्रहरीले पक्राउ गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell