PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नीति तथा कार्यक्रममा कांग्रेसको प्रारम्भिक प्रतिक्रिया : नयाँपन आएन



पहिलोपोस्ट

नीति तथा कार्यक्रममा कांग्रेसको प्रारम्भिक प्रतिक्रिया : नयाँपन आएन

काठमाडौं : सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘नयाँ परिस्थितिको बोध नभएको’ प्रतिक्रिया दिएको छ।

कांग्रेसका नेताहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गरे।

‘नयाँपन केही छैन। यस वर्षको नीति तथा कार्यक्रम लामोमात्रै भयो,’ कांग्रेस नेता प्रदिप गिरिले भने, ‘हामीले नयाँपन केही आउँछ कि भनेर प्रतीक्षा गरेका थियौं तर केही नयाँपन देखिएन। समग्रमा पुरानैको निरन्तरता छ।’

यसैगरी कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम धेरै महत्वकांक्षी भएको बताउँदै कार्यान्वयनको पाटो फितलो हुने प्रतिक्रिया दिए। भने,‘केही कुराहरु पाँच वर्षभित्र पूरा गर्ने भनिएको छ तर मलाई विश्वास लाग्दैन।’

गच्छदारले नीति तथा कार्यक्रममाथि पार्टीको आधिकारिक धारणा केही दिनमै सार्वजनिक हुने जानकारी समेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell