PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

दमकः पूर्व पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ।

राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell