PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

गृहमा गोरे सार्वजनिक, मन्त्रालयमै पत्रकारसामु छाडे मुख



सविन ढकाल

गृहमा गोरे सार्वजनिक, मन्त्रालयमै पत्रकारसामु छाडे मुख

काठमाडौं : तीन जनाको ज्यान जाने गरी भएको सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई आज काठमाडौंबाट नै पक्राउ गरिएको गृह मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। मन्त्रालयले आज गोरेलाई पत्रकारसामु सार्वजनिकसमेत गर्‍यो।

गोरे काठमाडौंमा नै रहेको सूचनापछि गरिएको तीन दिनको प्रयासले गोरेलाई काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको हो।  ३३ केजी सुन तस्करी र गायव भएको प्रकरणले उग्र रुप लिँदा ३ जनाको ज्यान गइसकेको छ। प्रहरीका उच्च अधिकृतसहित ३२ जना यस काण्डमा पक्राउ परेका छन्। 

प्रहरीकै संलग्नता देखिएपछि गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो। आज छानविन समितिका संयोजक ईश्वरीराज पौडेलले उनलाई पक्राउ गरिएको जानकारी दिए। 'आज बिहान ५:३४ बजे गौरीघाटबाट पक्रेका हौं,' पौडेलले बताए। आज गृह मन्त्रालयमा नै गोरेलाई उपस्थिति गराइएको थियो।

सार्वजनिक गराउँदा गोरेको मुख छोपिएको थियो भने उनले क्याप लगाएका थिए। पत्रकारहरुले क्याप खोल्न भन्दा गोरे आक्रमक हुँदै अश्लिल शब्द प्रयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell