काठमाडौं : फिल्म 'बेबी आइ लभ यू'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'सायद तेरो मेरो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।
प्रियंका शर्माको स्वर तथा सन्तोष खड्गीको संगीत रहेको गीतको भिडियोमा कलाकार पूजा तिवारी फिचर्ड छिन्। जनक पाण्डे निर्देशित फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ।
शिव न्यौपानेको निर्माणमा बनेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ। फिल्ममा सुरज आचार्यको छायाँकन रहेको छ।