PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

कक्षा ३ अध्यनरत अयुव फिल्ममा डेब्यु गर्दै



पहिलोपोस्ट

कक्षा ३ अध्यनरत अयुव फिल्ममा डेब्यु गर्दै

काठमाडौं : ६ वर्षको अयुव सेन निरन्तर मण्डला थिएटर धाउँछन्। द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अभिनय सिक्नका लागि मण्डला धाउने गरेका हुन्।   

आफ्ना बाबु सन्तोष सेनको नयाँ प्रोजेक्टका लागि प्रदीप कुमार चौधरीसँग उनी अभिनय सिक्दैछन्। छोरोलाई आफ्नो फिल्म मार्फत डेव्यू गराउन सन्तोष उत्साहित छन्। अयुव ३ कक्षामा पढ्छन्। नाच्नमा सिपालु छन्। आमा र छोराको सम्बन्धमा बन्ने फिल्ममा उनको प्रमुख भुमिका रहनेछ। फिल्मको नाम भने निर्माण टिमले खुलाएका छैनन्।

चाँडै पत्रकार भेटको आयोजना गर्दै फिल्मका सम्पुर्ण टिम चिनाउने निर्माता सन्तोषले जनाए। सेनको यो चौथौं फिल्म हो। उनले निर्माण गरेको पछिल्लो फिल्म 'प्रेमगीत २' हिट भयो। फ्यामिली ड्रामाको स्क्रिप्ट लेखन सकेर गीत रेकर्डिङ भैइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell