PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

विश्वकप फुटबलमा इंगल्याण्डको कप्तानी ह्यारी केनले गर्ने



पहिलोपोस्ट

विश्वकप फुटबलमा इंगल्याण्डको कप्तानी ह्यारी केनले गर्ने

टोटनहमका स्ट्राइकर ह्यारी केन इंग्ल्याण्डको कप्तान नियुक्त भएका छन्। केनलाई अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि प्रशिक्षक ग्यारेथ साउदगेटले कप्तान चयन गरेका हुन्।

२४ वर्षीय केनले गत सिजन टोटनहमका लागि सबैखाले प्रतियोगितामा गरेर कूल ४१ गोल गरेका थिए।

लास्ट समरमा विश्वकप छनोट अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा केनले इंगल्याण्डको कप्तानी गरेका थिए।

केनले राष्ट्रिय टोलीका लागि अहिलेसम्म २३ खेल खेल्दै १२ गोल गरिसकेका छन्।

विश्वकपका लागि इंग्ल्याण्डको २३ सदस्यीय टोली घोषणा भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell