काठमाडौं : छायाँकनदेखि नै चर्चामा रहेको फिल्म हो 'करोडपति'। फिल्ममा बलिउड कलाकार राजपाल यादव अनुबन्धित भएसँगै फिल्मको चर्चा भएको थियो।
अहिले, फिल्मका मुख्य कलाकार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका छन्। सोमवार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका हुन्। फिल्मको छायाँकन नेपाल र भारतमा गर्ने भनिएको थियो। फिल्मका मुख्य कलाकार आर्यन अधिकारीले यादवसँगको तस्विर सामाजिक सञ्जाल फेसबुक पोस्ट गर्दै लेखेका पनि छन् -'दाजु राजपाल यादवको अन्तिम नेपाल सुट'।
तस्विरमा उनी दुई ढाकाटोपीमा सजिएका देखिन्छन्। अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्ने फिल्ममा आर्यन र राजपालसँगै अभिनेत्री नीता ढुंगानाको मुख्य अभिनय रहनेछ।