PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान



पहिलोपोस्ट

गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान

काठमाडौं : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्व डिआइजी, बहालबाल एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो।

जेल चलान हुनेहरुमा पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन लगायत छन्।

पक्राउ परेका ३० जनामध्ये विष्णुबहादुर खड्कासँग १५ हजार धरौटी र अमरबहादुरलाई सादा तारिकमा छोडिएको हो।

आजमात्रै गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी गोरे सार्वजनिक गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell