PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सुर्खेत पुगेर गृहमन्त्री थापाले भने : गोरेहरुका दिन गए  



पी बी खड्का

सुर्खेत पुगेर गृहमन्त्री थापाले भने : गोरेहरुका दिन गए  

सुर्खेतः गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’  र उनीजस्तै तस्करहरुका दिन सकिएको बताएका छन्। सुन तस्कर गोरे पक्राउ परेपछि उनले देशमा भएका गोरेजस्ता तस्करहरुको दिन सकिएको दाबी गरेका छन्।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीका मुख्य नायक गोरेलाई पक्राउ गर्नु सरकारको ठूलो उपलब्धी भएको बताएका छन्। ‘सुन प्रकरणका आरोपी, सुन तस्कर गोरेलाई पक्राउ गर्न सफल भएका छौं’ गृहमन्त्री थापाले भने, ‘विस्तारै हामीले ती अन्य तस्करका बारेमा पनि जानकारी पाउनेछौं।’ गृहमन्त्री थापाले भने ‘देशका गोरेजस्ता अपराधीहरुका दिन अव सकिए।’

ठेकेदार पनि निसानामा

यस्तै समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरु पनि सरकारको निसानामा रहेको मन्त्री थापाले उल्लेख गरेका छन्। ‘कुनै पनि काम निर्माणको क्रममा अवरोध भए सरकार पूर्ण सुरक्षा दिन्छ’ गृहमन्त्री थापाले भने, ‘निर्माणको जिम्मा लिने तर निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई अब सरकारले छुट दिँदैन तत्काल पक्राउ गरेर जेल हाल्छौं।’

समयमै विकास निर्माणको काम नहुँदा जनताले सास्ती खेप्नु परेको भन्दै गृहमन्त्री थापाले अब ठेकेदारले अल्झन देखाएर उम्किन नपाउने बताए।

यातायात क्षेत्रको सिण्डिकेट सुरुवाती मात्रै भएको बताएका थापाले अब सबै क्षेत्रका तस्करी, सिन्डिकेट, विकृति, विसंगति र भ्रष्टाचार अन्त्यलाई अभियानकै रुपमा अघि बढाइने जानकारी दिए। ‘मुलुकमा सुशासन कायम गर्न यस्ता सबै खाले विकृतिको अन्त्य गरेर विकासलाई गति दिन राज्य गम्भीर भएर लागेको छ’ थापाले भने। विकासका लागि सुशासन, स्थायित्व र दिगो शान्ति जरुरी रहेको उनले बताए। सबै क्षेत्रमा माफियातन्त्र हाबी रहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता माफियाविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताए।

‘विप्लव समूह शान्ति सुरक्षाको प्रमुख चुनौती’

गृहमन्त्री थापाले विप्लव समूल शान्ति सुरक्षाको लागि प्रमुख चुनौती बनेको बताएका छन्। गृहमन्त्री थापाले भने ‘विप्लब समूह सरकारको शान्ति सुरक्षाको प्रमुख चुनौती बनेको छ।’ ‘सरकारले यस्ता अपराधीक क्रियाकलापमा सँलग्नहरुको उच्च खोजी कार्य जारी राखेको छ’ उनले भने ‘विप्लव र सिके रावतले देशमा अशान्ति फैलाउने कार्य गरिरहेका छन्।’

‘देशको अर्थतन्त्र भ्रष्टहरुको हातमा’

यस्तै गृहमन्त्री थापाले देशको अर्थतन्त्र भ्रष्टहरुको हातमा परेको दाबी गरेका छन्। मन्त्री थापाले भने ‘देशको अर्थतन्त्र भ्रष्टहरुको हातमा छ।’ ‘भ्रष्टचारीहरुले देशमा सबै हरेक ठाउँमा सिन्डिकेट लगाएका छन्।’ तसर्थ सिन्डिकेटको अन्त्य गर्दै देशको अर्थतन्त्र सर्वहार जनताको हालमा ल्याउन सरकारको पहिलो प्राथमिकता हो।’ उनले थपे ‘कतिपय ठेकेदारहरुले भ्रष्टाचार गर्नकै लागि विकास निर्माणका कामहरु असार लागेपछि सुरु हुन्छन्।’ ‘त्यस्ता भ्रष्टाचारीहरुको अन्त्यका लागि पनि सरकारले कदम चालिरहेको छ।’ गृहमन्त्री थापाले फेरी थपे ‘केही माफियाहरुले अर्थतन्त्रमा एकाधिकार जम्माएका छन्।’

वाम एकता विश्वका लागि नयाँ सन्देश

यस्तै मन्त्री थापाले माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको गठनले विश्वमा नयाँ सन्देश दिएको बताएका छन्।’ कम्युनिष्टहरुको एकताले विकास र समृद्धिका लागि सही र सबैभन्दा शक्तिशाली नेतृत्व पाएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell